७० उमेर पार गरेकालाई उम्मेदवार नबनाउन रक्षामन्त्रीको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

काठमाडौँ, ३१ भदौ । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष भन्दा माथिका कुनै उम्मेदवारलाई निर्वाचनका लागि टिकट दिन नहुने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री प्रधानले राजनीतिमा ७० वर्ष कटेका नेताहरुभन्दा युवाहरुलाई बढि प्राथमिक्ता दिनुपर्ने जोड दिनुपर्ने बताएका छन् । आफ्नो स्वार्थ भन्दा पर राखेर काम गरे मात्र नेपालको राजनीतीले गति पाउने र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्नेमा उनको जोड रहेको थियो ।

दुईपटक भन्दा बढि निर्वाचनमा उम्मेदावारी दिन नपाउने कानुन ल्याउनु पर्ने उनको धारणा रहेको थियो ।प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताए। राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उनले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);