डडेल्धुरा, २ माघ । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । सुदुरपश्चिम प्रदेशका ९ मध्ये ८ जिल्लामा यसअघि नै विमानस्थल निर्माण भइसकेका छन् भने वन्द रहेका विमानस्थलहरु पुनः निर्माणका क्रममा छन् । डडेल्धुरामा पहिलो विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको हो ।
डडेल्धुरामा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पश्चात् सम्भाव्यता अध्ययन शुरु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–१ पुइलेकदेखि वयलडाँडासम्मको १२ सय वर्ग मिटर जग्गामा सम्भाव्यता अध्ययन शुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि एक प्राविधिक टोली पठाएको छ.। संभाव्यता अध्ययन शुरु भएपछि स्थानीयमा आशा पलाएको छ ।
पुइलेकमा सम्भाव्यता अध्ययन सुरु भएपछि अजयमेरु गाउँपालिकाले विमानस्थल निमार्णका लागि पहल गर्न नछाड्ने बताएको छ ।
विमान स्थलका लागि आवश्यक प्रविधिक पक्ष केलाउदा पहाडी जिल्ला डडेल्धुराका लागि पुइलेक नै उपयुक्त स्थान हुने इजिनीयर नरेश सिवाकोटीको ठम्याई छ ।
अध्ययनको पूर्ण निष्र्कष आउन ३ महिना लाग्नेछ । यसअघि पुईलेकसंगै डडेल्धुराको बिरादे, दहभेटा, डाँडाबन क्षेत्रमा पनि प्रारम्भिक अध्ययन भएको थियो । पुइलेकमा कालोपत्रे सडकको पहुँच भएकाले विमानस्थल निर्माणका लागि ४ वर्ष लाग्न सक्ने प्राविधिक टोलीको प्रारम्भिक अध्यनले देखाएको छ । उक्त क्षेत्र डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ ।