काठमाडौं, २ माघ । गृहमन्त्री रामबहादुर थापाले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने बताउनुभएको छ ।
२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बिहिवार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षीत पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।
भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले २०९० सालमा गएको भूकम्पको स्मरणमा सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको हो ।