काठमाडौं, २७ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदले सत्तारुढ दल नेकपा मिलिनियम च्यालेन्ज कार्पोरेशन परियोजना एमसीसीबाट पछि हट्न खोजेको आरोप लगाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर कांग्रेस सांसदले सरकार सम्झौताबाट पछि हट्न खोजेको दावी गरे ।
आइतबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकार मिलिनियम च्यालेन्ज कर्पोरेशन परियोजना एमसीसीबाट पछि हट्न खोजेको आरोप लगाएका छन् ।
सांसद जितेन्द्र नारायण देवले सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भईरहेको आरोप लगाउनु भयो । उहाँले सत्तारुढ नेकपाबाट एमसीसी सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएको भन्दै आपत्ति जनाउनुभयो ।
त्यस्तै राष्ट्रिय जनता पार्टीका सांसद बृशेषचन्द्र लालले सुरक्षा समितिको बैठकमा कुनै दलका प्रतिनिधि लगातार सहभागी भएको विषयमा सदनलाई जानकारी गराउन सरकारसंग माग गर्नुभयो । उहाँले कुनै दलका प्रतिनिधि संवेदनशिल बैठकहरुमा पटक पटक सहभागी हुनुले शासन प्रणाली नै एकदलिय तर्फ जादैछ भन्ने शंका पैदा भएको उल्लेख गर्नुभयो ।
बैठकमा सांसद रामलखन चमारले नवलपरासीस्थित लुम्बिनी चिनी कारखानालाई निजीकरण गर्ने क्रममा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद चमारले बिगतमा उच्च शिक्षा अध्यनका लागि निर्रव्याज ऋण दिने भनिएपनि कार्यान्वयन नभएको भन्दैगरिब जनताका छोरा छोरीले सहज अध्ययन गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।बिशेष समयमा बोल्ने अन्य सांसदले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।




