वैदेशिक रोजगारीमा म्यानपावरको एकाधिकार तोडियो | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

वैदेशिक रोजगारीमा म्यानपावरको एकाधिकार तोडियो

manpower

काठमाडाैं, १७ पुस । सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ ।

नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा जोडेर सरकारले श्रमिकका सबै प्रक्रियालाई आवश्यकताअनुसार अनलाइनमार्फत नै अनुगमन गर्नेछ ।

विदेश जाने प्रक्रियामा रहेका युवामाथि हुने ठगी नियन्त्रण गर्न सरकारले आवश्यकता अनुसार अनलाइनबाट निरीक्षण गर्न यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीको विकाससँगै वैदेशिक रोजगार विभागले श्रमिकका लागि हुने माग, आवेदन र छनोट प्रक्रियामा म्यानपावरको एकाधिकार तोडिएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);