काठमाडौं, ९ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । तेस्रो चरणको पहिलो खेलमा उपाधिको लक्ष्यमा रहेको मच्छिन्द्रले फ्रेन्ड्स क्लवसँग खेल्नेछ । यस्तै अर्को खेलमा च्यासलले एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । जारी लिगमा दुई खेलमा अपराजित रहेको मच्छिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्याइजलाई दुई शुन्यले हराएको थियो । दोस्रो खेलमा च्यासलसँग बराबरी खेलेको थियो । आज फ्रेन्ड्सलाई हराउँदै लिगको शिर्ष स्थानमा उक्लने लक्ष्यमा मच्छिन्द्र हुनेछ ।
आज नै दशरथ रंगशालामा च्यासल क्लवले न्यूरोड टिम एनआरटीसँग खेल्नेछ । मच्छिन्द्र क्लवपनि जारी लिगमा अपराजित रहेको छ । उसले पहिलो खेलमा संकटालाई दुई शुन्यले हराएको थियो । अर्को खेलमा च्यासलले मच्छिन्द्रसँग एक एक गोलको बराबरी गरेको थियो ।
यता पहिलो खेलमा सरस्वती विरुद्ध चार शुन्यको जित निकालेको एनआरटी दोस्रो खेलमा संकटासँग एक शुन्यले पराजित भएको थियो । च्यासल विरुद्धको खेलमा एनआरटीले बराबरी गरेमा पनि उसलाई ठुलो सफलता हुनेछ ।




