वरिष्ठ अधिवक्ता निराला बिरुद्ध सार्वजनिक उजुरी आह्वान | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

वरिष्ठ अधिवक्ता निराला बिरुद्ध सार्वजनिक उजुरी आह्वान

न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला सिफारिस

काठमाडौं, ८ पुस । सरकारले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ ।

संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले १० दिन भित्र निराला विरुद्ध समितिमा उजुरी दिन माग गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले बुधबार देखि १० दिनभित्र उजुरी दिन सकिने बताउनुभयो ।

समितिमा प्राप्त भएका उजुरी माथि छलफल गरी सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तीका लागि योग्य हुने उहाँले बताउनुभयो ।

न्याय परिषद सदस्यबाट पदम बैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो । सोही ठाउँमा सोमबारको मन्त्रीपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो । निराला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);