काठमाडौं, ४ पुस । नेपालमा अनलाईन पत्रकारीताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अनलाइन पत्रकारीताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा सरोकावालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाईनहरुको संख्या बढेको बताउनुभयो । समाचार स्रोतको रुपमा अनलाईन प्रयोग गर्नेहरुको संख्या बढेपनि समाचारमाथिको विश्वसनियतामा अझैपनि पाठक ढुक्क बन्न नसकेको उहाँको धारणा थियो ।
प्रवेश सुवेदीले अनलाईनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।