पशुपति क्षेत्रको यो बिजोग : आराध्यदेवकै प्रतिष्ठामा दाग | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौँ, २९ भदौ। शान्त वातावरण, घण्टाको सुमधुर ध्वनि, भजनकिर्तनको माहोल र धुप नैवैद्यको बास्ना। पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्विर हो यो। अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्विर देखिँदैन।

  • सहरबासी शान्त खोज्दै मन बहलाउन समेत पुग्ने पशुपति क्षेत्र अहिले अस्तव्यस्त बसपार्क जस्तै भएको छ।

  • आसपासा क्षेत्रमा जताततै अव्यवस्थित रुपमा सवारी साधन पार्किङ भइरहेको देखिन्छ।

  • प्रवेशद्धार जाने र परिसरभित्रका सडक भत्किएका छन्।

  • हेरक जसो सडकमा खाल्डा खुल्डी छन् ।

  • बाटो र पेटिभर असरल्ल थुपारिएका निर्माण सामाग्री देखिन्छन्।

मन्दिर दर्शनार्थीले प्रवेशद्धारतर्फ बढ्दा छिचोल्नुपर्छ, बाटो छेकेर राखिएका सवारी साधन, छरिएका निर्माण समाग्री, धुलो, धुवाँ, फुटेको ढलबाट निस्केको दुर्गन्ध, मगन्तेको लाइन र फूल तथा पूजा सामाग्री बेच्न बसेका व्यपारीको तानातान।

 

यसले हिन्दू धर्मावलम्बीको आराध्यदेवकै प्रतिष्ठामा दाग लागिरहेको छ। अचेल अफ् गर्दै नाक थुनेर हिँड्दै गरेका विदेशी पर्यटक पशुपति क्षेत्र पुग्ने जो कोहीले देख्न सकिन्छ। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);