झापा, २८ मंसिर । नेपालका एक हजार चार सय कारदाताले मात्रै कुल करको ७० प्रतिशत कर सरकारलाई बुझाउने गरेको सरोकारवालाले दावी गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित कर सम्वन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उक्त कुरा बताउनु भएको हो । नेपालमा लगभग नौ लाख करदाता रहेको जसमध्ये ठूला र मध्यम करदाताको संख्या एक हजार हाराहारी भएको उहाँको भनाई छ ।
पाण्डेले ८० करोड भन्दा बढी कारोवार गर्ने ठूला करदाताको संख्या देश भरमा ७ सय १० रहेको र ४० करोडसम्म कारोवार गर्ने मझौला करदाताको संख्या झण्डै सात सयकै हाराहारिमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीले तीन तहका सरकारले छुट्टै छुट्टै कर नीति बनाएर करका विषयमा सर्वसाधारणलाई जानकारी गराउन नसक्दा अधिकांश सर्वसाधारण समस्यामा पर्ने गरेको धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण अर्थ तथा योजना विभिागका सचिव लक्ष्मीप्रसाद रेग्मीले गर्नुभएको थियो ।