'निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

‘निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ’

काठमाडौं, २८ मंसिर । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताउनुभएको छ ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उहाँले प्रश्न गर्नुभयो । शनिबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा महानिर्देशक पोखरेलले पूर्ण क्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल देखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोरखेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताउनुभएको हो ।

२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।

साक्षात्कारमा तत्कालिन हवाई विभागका महानिर्देशक एवं पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भाग्य र आर्थिक उन्नतीसँग जोडिएको बताउनुभयो । नेपालको सामरिक महत्वसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमास्थल सुरक्षाको हिसाबले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

फास्टट्रयाक एयरपोर्ट निर्माण सरोकार समितिका रविराज दंगालले विमानस्थल निर्माण रोक्नका लागि चलखेल भइरहेको आरोप लगाउनुभएको छ । विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको खण्डमा नेपाल दशकौं पछाडी धकेलिने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);