काठमाडौं, २३ मंसिर । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको समूहका मेची नगर इन्चार्ज यामकुमार गिरीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गिरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।
शिवसताक्षी नगरपालिका–४ पाचगाछीका गिरी चन्द समूहका झापा जिल्ला सदस्य समेत हुन् ।
गिरीमाथि गत भदौ २३ गते झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन कार्यालयमा बम विस्फोट गराएको आरोप छ । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।