कास्कीको अर्मला क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

कास्कीको अर्मला क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा

कृष्ण अन्जान ज्ञवाली
कास्की, २२ मंसिर । एक समय खोला छेउको जमिन भसिएर मानिसहरुको आगमन नै बन्द भएको कास्कीको साबिक अर्मला क्षेत्र अहिले भने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । मंसिर लागे संगै यो क्षेत्रमा पिकनिक खान र रमाइलो गर्न आउनेको लर्को नै लाग्न थालेको छ ।

कुनै समय थियो कास्की जिल्लाको साविक अर्मला क्षेत्रको जमिन भसिएपछि मान्छेहरु त्यहाँ जान डराउंथे तर आजभोलि अर्मलाको यो क्षेत्र पिकनिक स्पोटमा परिणत भएको छ ।

मंसिर लागेसँगै पोखरा महानगरपालिका वाड नं. १६ अर्मलाको कालीखोला क्षेत्रमा बनभोज खान आउनेको संख्या बाक्लिएको हो । हाल दैनिक एक–दुई समूह बनभोजका लागि आउने गरेका छन् ।

खासगरी स्कुले बिद्यार्थी, आमा समूह, युवा क्लव, सहकारी सँस्था तथा अन्य सँघसँस्थाका समूहहरु यस ठाउँमा बनभोजका लागि आउने गरेका छन् । अझ शनिवार र सार्बजनिक बिदाको दिन त बनभोज खाने दर्जनौ समूह कालीखोला क्षेत्रमा पुग्ने गरेका छन् ।

नजिकै खोला र रमाइलो वातावरण भएकाले पनि अर्मलाको कालीखोला क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर पर्यटकको नजरमा भर्खर परेको कालीखोला क्षेत्रमा पिकनिकका लागी आवश्यक पानी, फोहार फाल्ने स्थान र ट्वाइलेटको भने समस्या नै छ ।

स्थानिय टोल विकास समितीले कालीखोला क्षेत्रमा पिकनिकका लागी पुग्ने टोलीवाट प्रति टोलि ३ सय रुपैयाँ शुल्क लिने गरेको छ । उठाइएको उक्त शुल्कबाट सरसफाइको काम हुने गरेको समितीको भनाइ छ । करिव २ सय पन्चानव्वे रोपनि सार्वजनिक जग्गा यस क्षेत्रमा रहेपनि व्यवस्थित हुन नसक्दा भने समस्या परिरहेको छ ।

पोखराको बगरबाट बाटुले चौर मैदान महेन्द्र गुफा हुँदै पक्कि सडकबाट नै त्यहाँ सजिलै पुग्न सकिन्छ । पछिल्लो समयमा बढेको पिकनिक टोलीको संख्या हेर्दा उक्त क्षेत्र पर्यटकीय गन्तब्य बन्ने देखिन्छ ।

पर्यटकलाई अझै आकर्षित गरी आम्दानीमा बृद्धी गर्न यहाँ सार्बजनिक शौचालय निर्माणका साथै व्यवस्थापनमा स्थानिय सरोकारवालाको ध्यान जान आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);