बिमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

काठमाडौँ, २९ भदौ । नेपाली कांग्रेसका शीर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ।

सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकट वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए । तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए । चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए । उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे।

तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलिरहेको छ । स्थानीय धेरै जानकारहरुले यसपाली उक्त नगरको मेयरमा काग्रेस भन्दा पनि वढी एमालेले हत्याउन सक्ने आकंलन गर्छन। नगराईन बजारका पुराना चिया पसलले सविर अन्सारी काग्रेसको कार्यकर्ता भएको  बताए। वुधवार विहान हामीसँग भेटेका सबिर आफु कांग्रेसी भए पनि यहा अहिले सम्मको प्रतिस्पर्धामा एमाले अगाडी रहेको दावी गरे।

धनुषा जिल्लाको दक्षिणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटही संग जोडिएको छ। गएको दोस्रो संविधानसभाको निर्वाचन उक्त निर्वाचन क्षेत्रमा निधिलाई एमालेकी नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन । १२ सय मतको अन्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान कि नसकिने हो भन्ने चर्चा नगराईन बजारको बहसको मुख्य मुद्धा अचेल बनेको छ।

स्थानीय एउटा प्राथमिक विद्यालयका शिक्षक महेन्द्र कापर भन्छन, यसपालीको स्थानीय तहको निर्वाचनमा निधि विरुद्धको मोर्चाबन्दी बलियो देखिएको छ । पार्टीहरु भित्र उम्मेदवार मनोयनमा देखिएको असन्तुष्टिसंगै निधिले त्यस क्षेत्रमा काम गर्दा आफना मान्छेलाई मात्रै प्राथमिकता दिने गरेको गुनासा व्याप्त छन।

त्यससंगै निधिको शत्ति पार्टीमा बढेसंगै उनले संस्थापन भनेर कोइराला समुहमा लागेका पुराना कांग्रेसीहरुलाई समेत उपेक्षा गरेका कारण अहिले निर्वाचनमा काग्रेस भन्दा एमाले हावी हुन पुगको स्थानीयहरु तर्क गर्छन। निधि विरुद्धको त्यँहा बनेको एमाले मोर्चाबन्दीमा दुर्गानन्द्य झालाई सहिद घोषणा पनि एमालेको सरकारले गरेको मुद्धा व्यापक चर्चाको रुपमा चलीरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।