काठमाडौं, १० मंसिर । मंगलबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब नौ एक अंकले घटेर एक हजार एक सय नौ दशमलब एक ६ अंकमा पुगेको छ ।
१ सय ६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ताशेयर तीन हजार ८ सय ४१ पटकको कारोबारबाट २९ करोड ५८ लाख ६९ हजार एक सय ८० रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक– एक अंकले बढेर २ सय ४५ दशमलब चार ९ अंकमा पुगेको छ । मंगलबार बैंकिङ, व्यापार र जलविद्युत समूहबाहेक कारोबार भएका सबै समूहको सूचक ओरालो लागेको छ ।
बैंकिङ शून्य दशमलब आठ तीन, व्यापार १९ दशमलब शून्य दुई र जलविद्युत समूहको परिसूचक शून्य दशमलब आठ पाँच अंकले उकालो लागेको हो ।सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापकको ५ करोड ८१ लाख बढीको शेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ६ प्रतिशतले कमाएका छन भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब ६/६ प्रतिशतले गुमाएका छन् ।