काठमाडौँ, २९ भदौ । तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन। नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौंअघिदेखि न त चिनीयाँ बन्न सकेका छन् न त नेपाली नै।
यसरी जन्मिएका सन्ततीलाई नेपालले हस्तलिखित पासपोर्ट उपलब्ध गराए पनि कानुनी जटिलताका कारण नागरिकता र एमआरपी अझै उपलब्ध गरउान सकेको छैन। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।