हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा प्रजातन्त्र पक्षधर विजयी | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा प्रजातन्त्र पक्षधर विजयी

काठमाडौं, ९ मंसिर । लामो समय चलेको आन्दोलनपछि हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा प्रजातन्त्र पक्षधर विजयी भएका छन् ।

आइतबार भएको जिल्ला परिषदको निर्वाचनमा १८ मध्ये १७ वटा जिल्ला परिषदमा प्रजातन्त्र पक्षधर विजयी भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । प्रजातन्त्रवादी समूहले १८ जिल्ला परिषदका ४ सय ५२ सिटमध्ये ३ सय ९४ सिटमा विजय हासिल गरेको छ भने चीन निकट वर्तमान सत्ता समर्थक ५८ सिटमा खुम्चिएको छ ।

प्रजातन्त्रको पक्षमा ६ महिनादेखि भइरहेको आन्दोलनकाबीच आइतबार भएको निर्वाचनमा २९ लाख भन्दा बढी मतदाताले भोट खसाल्दा ७१ प्रतिशत मत खसेको थियो ।

सन् २०१५ मा भएको निर्वाचनमा ४७ प्रतिशत मात्र मत खसेको थियो । प्रजातन्त्र पक्षधरहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला भएको निर्वाचनको मत परिणामले चीन सरकारलाई पनि सन्देश दिने विश्लेषकहरुको भनाइ छ ।

हङकङको जिल्ला परिषदमा ४ सय ५२ पार्षद्हरू चुनिनेछन् । हङकङको चुनाव प्रणाली अनुसार १ सय १७ जिल्ला पार्षद्हरू १२ सय सदस्यीय समितिको सदस्य बन्नेछन् जसले प्रमुख कार्यकारी चयन गर्नेछ ।

प्रजातन्त्रवादीहरुले परिषदमा आफ्नो प्रतिनिधित्व बढाउने अपेक्षा गरेका छन् । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकार जनमतको कदर गर्दै अघि बढ्ने प्रतिक्रिया दिएकी छिन् ।

हङकङमा बिगत ६ महिनादेखि सरकारबिरोधी आन्दोलन हुँदै आएको छ । हङकङ जेलमा रहेका नागरिकलाई मुख्यभूमि चीन सुपुर्दगी गर्ने सम्बन्धि ल्याइएको बिधेयक फिर्ता गराउन सफल भएपछि आन्दोलाकारीले हङकङमा प्रजातन्त्रको बहाली र नागरिक स्वतन्त्रता हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);