कंगोमा बिमान दुर्घटना हुँदा २७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

कंगोमा बिमान दुर्घटना हुँदा २७ जनाको मृत्यु

aircrack

एजेन्सी, ९ मंसिर । अफ्रिकी मुलुक कंगोमा बिमान दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको द डोरनियर २ सय २८ विमान दुर्घटना भएको हो ।

शहरका घरहरुको बीचमा बिमान खसेकोले मृत्यु हुनेमा बस्तीका सर्वसाधारण समेत रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए । विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन । विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);