प्रदेश/स्थानीय तहको क्षमता अझै पनि कमजोर : विश्व बैंक | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

प्रदेश/स्थानीय तहको क्षमता अझै पनि कमजोर : विश्व बैंक

world-bank

काठमाडौं, ४ मंसिर । संघीयतातर्फको नेपालको रूपान्तरणमा अझै अप्ठ्यारै रहेको तथा प्रदेश/स्थानीय तहको क्षमता अझै पनि कमजोर रहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । विश्व बैंकले मंगलवार सार्वजनिक गरेको ‘मेकिङ डिसेन्ट्रलाइजेशन वर्क’ प्रतिवेदन अनुसार सातमध्ये तीन प्रदेशले गत आर्थिक वर्षको आफ्नो कुल बजेटको आधा पनि खर्च गर्न सकेनन् ।

तीन तहका सरकारबीचको द्वन्द्वमा कमी तथा स्थानीय तहको क्षमता अभिवृद्धिले संघीय रूपान्तरणलाई सहयोग पुर्‍याउने प्रतिवेदनको भनाइ छ । प्रदेश र स्थानीय तहमा कर्मचारी अभावलाई औंल्याउँदै प्रतिवेदनले संघमा रहेका क्षमतावान् कर्मचारीलाई देशभरका स्थानीय तहसम्म पठाउनु प्रमुख चुनौती रहेको बताएको छ ।

विकेन्द्रीकरणबाट विकासका लागि केन्द्र र स्थानीय सरकारबीच निरन्तर अन्तरक्रिया र स्रोत बाँडफाँटको भूमिका महत्त्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंक दक्षिण एशियाका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले स्थानीय सरकारको कार्यसम्पादन क्षमता बढाउनतर्फ अबको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);