काठमाडौं, १ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताउनु भएको छ ।
आठौं कर दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकलाई ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताउनु भएको हो ।
अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक दोहोर्याउनु भयो ।
अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने भन्दै त्यसलाई सुधार गर्दै लैजाने बाटोमा सरकार लागिरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोहोर्याउनु भयो ।