काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार ‘हेमोडायलासिस’ गरिएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीका हेमोडायलासिस सम्पन्न भएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ ।
उपचारपछि प्रधानमन्त्री ओली शनिबारै डिस्चार्ज हुने विज्ञप्तिमा जनाइएको छ । यसअघि, यहि कात्तिक १३ गते प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमै दुईपटक हेमोडायलासिस गरिएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्ती :