उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई प्रस्थान

ishowr pokhrel uae prasthan

 काठमाडौं, ३० कात्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ५ दिने भ्रमणका लागि युएई प्रस्थान गर्नुभएको छ । युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उपप्रधान तथा रक्षामन्त्री पोखरेल शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

दुबईमा रहदा उहाँले द्विपक्षीय उच्च स्तरीय छलफल तथा भेटघाटसँगै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । साथै पोखरेलले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको बताइएको छ ।

नेपाली दूतावास आबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका ब्यवसायी एवम लगानीकर्ताहरुसँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्ने बताइएको छ ।

उहाँको भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह–सचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन् । रक्षामन्त्री पोखरेल मंसिर ४ गते स्वदेश फर्किने तालिका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);