काठमाडौं, २८ कात्तिक । विश्व मधुमेह दिवस बिहिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । अहिले विश्वभर ४५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा रहेको बेला नेपालमा १० लाख मानिसमा मधुमेह देखिएको छ । दैनिक खानपान र ब्यायाममा ध्यान नदिदा अहिले यो रोग महामारीको रुपमा फैलिदै गएको भनी चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।
१९९१ देखि नोभेम्बर १४ का दिन विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन् । नेपालमा पनि बिबिध कार्यक्रम गरी मधमेह दिवस मनाईको छ ।
रगतमा चिनिको मात्रा बढी देखिनुलाई मधुमेह भनिन्छ । आँखा धमिलो हुने, बढी तिर्खा लाग्ने, बढी पिशाव लाग्ने, दुब्लाउँदै जाने , जिउमा खटिरा आउने यसका लक्षण हुन् । परीक्षणमा आएका हरेक ११ जना मध्ये २ जनामा यो रोग रहेको पाईएको चिकित्सकहरु बताउँछन् । पछिल्लो समय खानपान जिवनशैलीका कारणले पनि यो रोगमा बृद्धि हुँदै गएको चिकित्सकको भनाई छ ।
भारत र चीनमा बढी देखिएको यो रोग पछिल्लो समय नेपालमा पनि बढी मात्रामा देखिन थालेको छ । मधुमेह रोग नभएर एउटा अबस्था भएको र यसलाई नियन्त्रणमा राख्न नसके यसले ठूला ठूला रोगलाई निम्त्याउन सक्ने सम्भावना रहने चिकित्सकाको भनाई छ । यो रोग ४ प्रकारको हने गर्दछ । बच्चाबेला हुने मधुमेह , बंशानगत हने र खानपानका कारण, गर्भवती अबस्थामा देखिने र कुनै रोग लागेर पनि मधुमेह निम्त्याउन सक्ने छ ।
पहिला किटाणुबाट सर्ने निमोनिया, टाईफाइट लगायतका रोगबाट मानिसको मृत्य हुने गर्थ्यो । तर पछिल्लो समय किटाणुबाट नसर्ने मधमेह जस्ता रोगले यसलाई उछिनेको छ । जसका कारण मानिसको मृत्यदर बढेको छ ।
नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानाामा कार्वाेहाइडेटको मात्रा बढि, चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुने चिकित्सकहरुको भनाई छ ।