संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राजपासँग एकता : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राजपासँग एकता : बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं, २२ कात्तिक । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका भट्टराईले जनजाति आन्दोलनमा आवद्ध पार्टीहरु र राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन आफ्नो पार्टी लागि परेको दावी पनि गर्नु भयो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवद्धारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ को शुक्रबार काठमाडौंमा विमोचन गर्दै उहाँले पश्चगामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकको संघीयतालाई बलियो बनाउन नसकिने दावी पनि गर्नु भयो ।

भट्टराईले यादवद्धारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);