विदेशबाट संचालित २ दर्जन बढि कलेज खारेज गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

विदेशबाट संचालित २ दर्जन बढि कलेज खारेज गर्ने सरकारको तयारी

giriraj mani

काठमाडौं, २१ कात्तिक । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जनबढि विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो ।

दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताउनु भयो ।

सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);