पोषणसम्बन्धि कार्यक्रम उच्च प्राथमिकतामा : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

पोषणसम्बन्धि कार्यक्रम उच्च प्राथमिकतामा : मन्त्री यादव

काठमाडौं, २१ कात्तिक । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

उपप्रधानमन्त्री यादवले सबै नागरिकलाई स्वस्थ राख्ने गरी पोषणयुक्त खाद्यन्नको व्यवस्थापन हुने गरी नेपाल सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेको बताउनु भएको हो ।

काठमाडौंमा सुरु भएको पोषणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको बिहीबार समापन गर्दै उहाँले नेपालको संविधानले नागरिकको स्वास्थ्यसम्बन्धि हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।

उपप्रधानमन्त्री यादवले सरकारले गरिवी निवारण र भोकमरीको अन्त्य हुने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन गर्न सार्क राष्ट्रहरुसँग पनि सहकार्यका साथ काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गर्नु भयो । निजी क्षेत्रले खाद्यान्न उत्पादन र वितरण गर्ने भएकाले उनीहरुले पोषणयुक्त खाद्यान्न व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकारले पोषणयुक्त खाद्यान्न उत्पादन र बजारीकरणका लागि आवश्यक नीति लिइरहेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);