नास्ट सेवा आयोग लथालिंग : बाह्र वर्षमा पनि भएन कर्मचारीको बढुवा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नास्ट सेवा आयोग लथालिंग : बाह्र वर्षमा पनि भएन कर्मचारीको बढुवा

nast-nepal nepal bigyan

काठमाडौं, २० कात्तिक । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सेवा आयोगको कामकारबाही लथालिंग भएको छ। आयोग अध्यक्षको कार्यशैलीविरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएपछि आयोगको सम्पूर्ण कामकारबाही ठप्प भएको हो । नयाँ कर्मचारी नियुक्ति, पुरानाको बढुवा, अस्थायी र करारमा कार्यरत कर्मचारीको वृत्ति विकास प्रभावित भएको छ।

आयोग अध्यक्ष डा. चिरञ्जीवी रेग्मीले पाउनुभएको जिम्मेवारी र क्षेत्राधिकारअनुसार कुनै कामकारबाही हुन नसकेपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको नास्ट वैज्ञानिक/कर्मचारीले बताए।

सबै कर्मचारीको वित्तृविकास ठप्प भएको बताउँदै नास्टका एक वरिष्ठ अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘बाह्र वर्ष भइसक्यो कुनै कर्मचारीको बढुवा भएको छैन, नयाँ र करार कर्मचारीको नियुक्ति प्रक्रिया पनि आयोगका कारण रोकिएको छ ।’

अध्यक्षको कार्यकाल चार वर्षको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा रेग्मी नास्ट सेवा ऐनमा भएको व्यवस्थाअनुसार २०७३ जेठमा अध्यक्ष नियुक्त हुनुभएको थियो । त्यसअघि उहाँ नास्टको विज्ञान संकायका प्रमुख भएर सेवा निवृत्त हुनुभएको थियो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);