पूर्वसभामुख महराको थुनछेक बहस आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

पूर्वसभामुख महराको थुनछेक बहस आज हुँदै

mahara adalatma

काठमाडौं, १७ कात्तिक । यौन दुव्र्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस आज हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि आज उक्त मुद्धामाथि बहस हुन लागेको हो ।

बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन् । त्यही बहस, प्रमाणलगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ । पीडित र पीडक दुवै पक्ष र कानुन व्यवसायीले समेत बन्द इजलाससमक्ष बयान दिने र बहस गर्नुपर्दछ ।

यस्तो बहसले अभियुक्तलाई पुर्पक्षमा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्दै मुद्दाको पुर्पक्ष गर्ने भन्ने इजलासलाई निर्णय लिन सघाउ पुर्याउँछ । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यबहार गरेको आरोप लागेपछि गत असोज १९ गते महरालाई बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);