छठ पर्वको आज दोस्रो दिन, खरना विधि गरिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

छठ पर्वको आज दोस्रो दिन, खरना विधि गरिँदै

kharana bidhi

काठमाडौं, १५ कात्तिक । सूर्यको उपासना गरी मनाइने छठ अन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरना अन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूँइ पुछेर व्रती दिनभर उपवास बस्ने गर्दछन् ।

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र खीर पकाइन्छ । खरनामा नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ ।

त्यसपछि व्रतबस्ने र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ । कार्तिक शुक्ल चतुदर्शीको पहिलो दिन बिहीबार अरबा–अरबाइन गरिएको थियो । तेस्रो दिन शनिवार अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश छठ पर्वले दिने जनविश्वास छ । व्रत बस्नेले छठको पहिलो दिन देखि नै माछामासु, लसुन, प्याज नखाने प्रचलन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);