असंलग्न आन्दोलनको १८ औँ शिखर सम्मेलन आजबाट शुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

असंलग्न आन्दोलनको १८ औँ शिखर सम्मेलन आजबाट शुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

sikhar sammelan

काठमाडौं, ८ कात्तिक । असंलग्न आन्दोलन नाम सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन आजबाट अजरबैजानको राजधानी बाकुमा शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा शुक्रबार सम्मेलनको औपचारिक उद्घाटन हुँदैछ ।

सम्मेलनमा नेपाल सहित नामका १ सय २० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संठनहरुका प्रतिनिधिहरु सहभागि छन् । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएको छ ।

शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बिहीबार अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत बाकु पुगेको हो । प्रधानमन्त्री नेतृत्वको नपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंरदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।

प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुने छ ।यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष र सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा पनि शुक्रबार सरिक हुनुहुनेछ ।

प्रधानमन्त्री ओलीले बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ । यस सम्मेलनमा १७ औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ । असंलग्न आन्दोलन नाम सन् १९ सय ६१ मा नाम औपचारिक रूपमा स्थापित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);