आठ अधिवक्ता निलम्बित अरू थुप्रै शङ्काको घेरामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आठ अधिवक्ता निलम्बित अरू थुप्रै शङ्काको घेरामा

nepal bar council

काठमाडौं, ८ कात्तिक । नेपाल कानुन व्यवसायी परिषद्ले भ्रष्टाचार अभियोग लागेका आठ जना कानुन व्यवसायीलाई निलम्बन गरेको छ। विभिन्न समयमा भ्रष्टाचार अभियोग लागेका ती अधिवक्ताको प्रमाणपत्र परिषद्ले निलम्बन गरेको हो।अख्तियारले उनीहरूमाथि विभिन्न समयमा विशेष अदालतमा भ्रष्टाचार अभियोग लगाएपछि अधिवक्ताको प्रमाणपत्र स्वतः निलम्बनमा परेको हो।

निलम्बनमा पर्ने अधिवक्ताहरूमा सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद खनाल हुनुहुन्छ। अधिवक्ता कोइराला र उहाँको सञ्जालले परीक्षाका उत्तरपुस्तिकाको प्राप्तांक फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी ५/६ वटा विषयमा प्रथम श्रेणी अंक चढाई स्नातकोत्तर डिग्रीसमेत हासिल गराएका थिए।

यस्तै विधिबाट अर्थशास्त्र विषयमा हालसम्मकै उच्च अंक ल्याई त्रिभुवन विश्वविद्यालय टपरसमेत बनाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग उहाँमाथि लागेको छ। उहाँविरुद्ध अख्तियारले विशेष अदालतमा २०७६ असार २३ मा अभियोग दर्ता गरेको हो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);