प्रधानमन्त्री ओली असंलग्न आन्दोलन शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

प्रधानमन्त्री ओली असंलग्न आन्दोलन शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै

pm oli prasthan

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनको १८ औैं शिखर सम्मेलनमा भाग लिन बिहिबार अजरबैजानको राजधानी बाकु जानुहुने भएको छ । यही कात्तिक ८ र ९ गते हुने ’असंलग्न आन्दोलन’ राष्ट्रहरुका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार उक्त शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ । सोही दिन साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष र सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा प्रधानमन्त्री ओली सरीक हुने कार्यतालिका रहेको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);