चुरे विनाशसँगै खेतीयोग्य जमिन घट्दो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

चुरे विनाशसँगै खेतीयोग्य जमिन घट्दो

chure binas

काठमाडौं, २८ असोज । संरक्षणका नाममा जथाभावी रूख कटान र चोरीनिकासी बढ्दा चुरे विनाश झन् तीव्र भएको छ । यसको असर खेतीयोग्य जमिनमा पनि परेको छ ।

त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा खेतीयोग्य जमिन बालुवाले पुरिँदै छ । वन विनाशले भूमिगत जलाधारमा असर पर्न गई भूक्षय हुँदा नदीको सतह बढेको छ । त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा खेतीयोग्य जमिन मासिएको छ । सिंचाइ र खानेपानीका स्रोतमा समेत असर पर्दै गएको छ ।

नदी, खोला, खहरेमा बाढीसँगै बालुवा बगेर आउने गरेको छ । पछिल्लो समय चुरेबाट बग्ने झन्डै १९ खोलाखहरेले बाटो फेरेका छन् । कान्छो पहाडका रूपमा रहेको चुरे क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको दोहन बढ्दै गएपछि वातावरणीय असरसमेत पर्दै गएको छ । कृषि उत्पादनमा संकट आउन थालेको किसानले गुनासो गरेका छन् ।

‘स्थिर हुन नसकेको चुरे पहाडको सतह क्षय भएकाले माटोको ऊर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएको छ,’ चौदण्डीगढी नगरपालिका ५ सिवाईका राधेश्याम प्रसाईँले भने, ‘वर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुक्खा समयमा खडेरी हुने गरेको छ ।’ खोलाखहरेमा पानीको सतह तलमाथि हुँदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानी संकट निम्तिएको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);