चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

xi

काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपालको २ दिने राजकीय भ्रमण पूरा गरेर केही बेर अघि स्वदेश फर्कनु भएको छ ।
सी नेपालको २ दिने राजकीय भ्रमणका लागि शनिवार नेपाल आउनुभएको थियो ।

सीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको थियो । २३ बर्ष पछि चिनियाँ उच्च तहबाट भएको यो पहिलो नेपाल भ्रमण हो । सी स्वदेश प्रस्थान गर्नुअघि नेपाल र चीनबीच बिभिन्न द्धिपक्षीय संझौतामा हस्ताक्षर भएको थियो ।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);