बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैं

chandaghanta devi

काठमाडौं, १४ असोज । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीकोे आराधना गरिदैं छ । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको विश्वास गर्ने गरिन्छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो ।

चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरु बढेका छन् । उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);