नवदुर्गाको मूर्ति बनाउन मूर्तिकारलाई भ्याई नभ्याई | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

नवदुर्गाको मूर्ति बनाउन मूर्तिकारलाई भ्याई नभ्याई

nawadurga murti

नेपालगञ्ज, ११ असोज । नेपालीहरुको महान चाड बडा दशै नजिकिँदै गर्दा नेपालगञ्जका मूर्तिकारहरुलाई नवदुर्गाको मूर्तिहरु बनाउन भ्याई नभयाई छ । हिन्दु धर्मावलम्वीहरुले वडा दशैँको अवशरमा घर तथा आँगनमा नव दुर्गाको मुर्ति राखेर पुजाआजा गर्ने चलन रहेको छ । वडा दशैंको घटस्थापना नजिकिदै गर्दा मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याइनभ्याई भएको हो ।

nawadurga murti2

हिन्दु धर्ममा आस्था राख्ने जोकोहीले विषेशगरी वडा दशैमा घर वा आँगनमा नव दुर्गाको मूर्ति राखेर पुजाआजा गर्ने परम्परागत चलन रही आएको छ । यसका साथै तराइका जिल्ला हरुमा चोकहरुमा समेत दुर्गाको मूर्ति राखेर पुजाआजा गर्ने चलन रहेको छ । वाँकेको नेपालगंजमा चोकहरुमा पनि मूर्तिहरुको स्थापना गरिन्छ ।

यतिखेर नेपालगञ्जका मुर्तिकारहरुलाई देवीको मुर्ति बनाउन भ्याई नभ्याई छ । तर माग वढे अनुसार मूर्तिकारहरु नेपालगञ्जमा नरहेको मूर्तिकारहरु बताउँछन् । बाँकेमा मात्र करिव ५ सय दुर्गाको मूर्तिहरु राख्ने गरिन्छ तर मूर्तिकारहरुको संख्या कम भएकै कारण माग पुर्ति गर्न गाह्रो भएको छ । देवीको मुर्तिको माग अनुशार नेपाली मूर्तिकारहरुले बनाउन नभ्याउँदा सर्वसाधारणहरु भारतको रुपैडिहया बजारबाट मूर्ति किन्न बाध्य भएका छन् ।

नेपालगञ्जमा दशैँका लागि झण्डै ५ सय मुर्तिको माग हुने गरेकोमा मुर्तिकारहरु भने निकै कम मात्र छन् । यी कालिगढहरुले ग्राहकहरुको इच्छा अनुशार साना देखि ठूला सम्मका मूर्ति बनाउने गर्दछन् । एउटा मूर्ति बनाउन १० देखि १५ दिन लाग्ने गरेको मूर्तिकारहरुको भनाई छ ।

अहिलेको मौसमले पनि मूर्तिकारहरुलाई समस्या भएको छ । घाम नलागेकोले मूर्ति सुक्न समय लाग्ने गरेको छ । दशैंमा राखिने मूर्तिहरु बनाउन मूर्तिकारहरु बैशाख महिनाबाट नै मूर्तिहरु बनाउन शुरु गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेमा विषेशगरी पहाडी समुदाय भन्दा मधेशी समुदायमा दुर्गाको मूर्तिहरु घर वा आगनमा राख्ने गरेको पाईन्छ ।

घटस्थापनादेखि नवनिर्मित दुर्गाको मूर्तिहरु स्थापना गर्ने क्रममा व्यान्डबाजा सहित पुजा अर्चना गरी दुर्गा मूर्तिहरु स्थापना गरिन्छ । यसरी घटस्थापनामा राखिएको मूर्तिहरु दशैंको टिकाको दिनमा राप्ती नदीमा लगेर सेलाईन्छ ।