काठमाडौं, ८ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सार्कस्तरीय कार्यालय ‘सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र’ ठिमीमा सोमबार छापा मारेको छ।
त्यहाँ कार्यरत उपसचिव कृष्णबहादुर बस्नेतका शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकाका कारण छापा मारिएको सीआबी टोलीले जानकारी दिएको छ।
करिब आधा घण्टाको रस्साकस्सीपछि सीआईबीको टोलीले महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी भ्यान बोलाएपछि केन्द्रको मूल प्रवेशद्वार खोलिएको थिमी प्रहरी स्रोतले जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।