निजगढ विमानस्थलका लागि ज्युरिख एयरपोर्टसँग विस्तृत प्रस्ताव मागिँदै | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

निजगढ विमानस्थलका लागि ज्युरिख एयरपोर्टसँग विस्तृत प्रस्ताव मागिँदै

nijgadh airport

काठमाडौं, ७ असोज । बहुचर्चित निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै सरकारले त्यसको निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनलबाट प्रस्ताव माग्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बसेको नेपाल लगानी बोर्डको ४०औं बोर्ड बैठकको यो निर्णयसँगै निजगढ विमानस्थलको विकास एक कदम अगाडि बढेको छ ।

सरकारले गत चैतको दोस्रो साता आयोजना गरेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा यो विमानस्थल निर्माणको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । त्यसैअनुरूप ३ अर्ब अमेरिकी डलरको लागत अनुमान गरिएको निजगढ विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न ५ देशका ६ कम्पनीले प्रस्ताव बोर्डसमक्ष राखेका थिए । तोकिएको मापदण्ड पुर्‍याएर आवेदन दिएको भन्दै ज्युरिख एयरपोर्टलाई बोर्डले संक्षिप्त सूची (सर्टलिस्ट)मा राखेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले निजगढ विमानस्थलका बारेमा सोमवारको निर्णय प्रारम्भिक चरण भएको बताए । उनका अनुसार बोर्डले आगामी २ महीनाभित्रै निजगढ विमानस्थल निर्माणका लागि आशयपत्र (रिक्वेस्ट फर प्रपोजल) जारी गर्नेछ । आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिख एयरपोर्ट इन्टरनेशनलले बोर्डसमक्ष विस्तृत प्रस्ताव पेश गर्नुपर्नेछ । ‘ज्युरिखको विस्तृत प्रस्ताव राज्यलाई चित्तबुझ्दो लागेमा मात्र उसलाई निजगढ निर्माणको जिम्मा दिइनेछ,’ अधिकारीले बताए । यदि सबै प्रक्रिया पूरा गरी निजगढ विमानस्थल निर्माणको जिम्मा ज्युरिखले पाएमा पीपीपी मोडलमा पूर्वाधार निर्माणको काम पाउने पहिलो कम्पनी हुनेछ ।

यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);