‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा

kp-sharma-oli

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा नेकपाका नेताहरुले अधिकांश समय सी विचारधाराको प्रशसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अगाडि बढाउन चाहेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको माहौल बनाउने उद्देश्यले आयोजित २ दिने छलफलमा नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताए ।

‘शक्तिशाली हुँदै गएपछि मुलुकहरुमा शक्तिको दम्भ हुन्छ । तर चीन शक्तिशाली भएपनि थिचोमिचो नगर्ने, शान्ति, मित्रताका साथ अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने । यो समाचार कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);