पार्टी भित्र बैचारिक स्पष्टताको आवश्यक छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

पार्टी भित्र बैचारिक स्पष्टताको आवश्यक छ : प्रचण्ड

prachanda

काठमाडौं, ६ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवादको आधार निर्माण गर्न पार्टी भित्र वैचारिक स्पष्टताको आवश्यक्तामा जोड दिनु भएको छ ।

सोमवार नेपाली महिला आन्दोलनकी नेतृ साहना प्रधानको पाँचौ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमममा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीमा वैचारिक स्पष्टता तथा त्यस अनुसारको व्यवहार, आचरण, क्रियाकलाप र जीवनचर्या हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीमा बैचारिक स्पष्टता नभए नेकपाको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको जस्तै हुने उल्लेख गर्नुभयो । दाहालले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन एउटा फौंजी आन्दोलनको चाहिएको पनि बताउनु भयो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको संरचनामा महिलाहरुको समान सहभागिता गराएर मात्रै स्वर्गीय प्रधानको सपनालाई साकार पार्न सकिने उल्लेख गर्नुभयो ।

तत्कालीन नेकपा एमालेकी नेतृ प्रधानले नेपालको महिला आन्दोलन तथा बाम–प्रजातान्त्रिक आन्दोलनमा महत्पूर्ण योगदान पु¥याउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);