गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई

yogesh

काठमाडौं, ५ असोज । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने भएको तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेछ।

तयारी पूरा गरेर त्यसको तीन महिना (मार्च) भित्रै सुरु गराउने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार पत्रकारलाई जानकारी गराए। उनका अनुसार यो दुई देशका सरकार–सरकार (जीटूजी)मा मोडलमा सञ्चालन गरिनेछ। यो विमानस्थल सञ्चालन गर्न म्युनिखले ठोस प्रस्ताव दिएको छ।

यो कम्पनीको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषययमा छलफल भइरहेको जानकारी उनले दिए। मन्त्री भट्टराइले म्युनिखको प्रस्तावमा निकै नजिक पुगेर छलफल भइसकेकाले अब औपचारिक निर्णय गरेर अगाडि जानमात्रै बाँकी छ। छिट्टै निर्णय गरिने जानकारी पनि मन्त्री भट्टराईले दिए।

म्युनिख विमानस्थलको प्रस्तावलाई पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको एक टोलीले विस्तृत अध्ययन गरेको छ। टोलीले अध्ययन गरेको र म्युनिखसँगको छलफल पनि अगाडि बढाएकाले प्रस्ताव उपयुक्त ठहर गरेर मन्त्रीसमक्ष पेस गर्नेछ। मन्त्रीले प्रस्तावलाई मन्त्रिपरिषद् लगेर निर्णय गराएपछि औपचारिक रूपमा नै म्युनिखसँग सम्झौता हुन सक्ने जानकारी पर्यटन मन्त्रालयका एक अधिकारीले दिए। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);