समय र माग अनुसार संविधान संशोधन गर्नुपर्छ : डा. भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

समय र माग अनुसार संविधान संशोधन गर्नुपर्छ : डा. भट्टराई

dr baburam bhattarai

काठमाडौं, २ असोज । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उहाँले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठुलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्धालाई छोड्न नहुने बताउनुभएको हो ।

उहाँले संविधान भनेको विद्यमान आर्थिक, राजनीतिक, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतन संगै परिर्वतन हँुदै जानुपर्ने बताउनुभयो।

लोकसेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वनय हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “संविधानमा नै त्रुटीहरु गरेका छौ । त्यहीकारणले गर्दा आज एकातिर हामीले पुरानै पञ्चायती शैलीमा उर्दी जारी गरेर सबैले अनिवार्य रुपमा दिपावली मनाउनुपर्ने, उपस्थित हुनुपर्ने फरमान जारी गरिराखिएको छ भने अर्कोपट्टि यो संविधान केही पनि होइन भनी पुरै च्यातेर पुर्नलेखन गर्नुपर्छ भन्ने आवाज पनि छ । यी दुई थरी अतिवादी प्रवृति लोकतन्त्र सम्मत, विज्ञान सम्मत छैन । सत्य सेतो र कालोमा हुँदैन, सत्य खैरो हुन्छ । त्यसैले यो संविधानका सवल पक्षको रक्षा गर्दै दुर्वल पक्ष र कमजोर पक्षलाई संशोधन गरेर पुर्णता दिनुपर्ने आजको आवश्यकता हो । ”

शासकिय र निर्वाचन प्रणालीबीच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । ठुला ठुला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके अफगानिस्तान जस्तो द्धन्द्धमा फस्न सक्ने खतरा औल्याउनुभयो । उहाँले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बिआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठीक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल जस्तो सानो मुलुकले भूराजनीति र सामरिक अवस्थितिलाई ध्यानमा राखेर गतिशिल, शान्तिवाद र तटस्थतावादको नीति अनुसार यी मुख्य शक्तिसंग अलग अलग व्यवहार गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);