खाडी क्षेत्रतर्फ इन्धन तस्करी गरेकोे भन्दै इरानले लियो पानीजहाज नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

खाडी क्षेत्रतर्फ इन्धन तस्करी गरेकोे भन्दै इरानले लियो पानीजहाज नियन्त्रणमा

PANIJAHAJ

एजेन्सी, ३१ भदौ । इरानले खाडी क्षेत्रतर्फ इन्धन तस्करी गरिरहेको भन्दै पानीजहाज नियन्त्रणमा लिएको छ । सोमबार इरानको राज्यनियन्त्रित समाचार संस्था इस्नाले जनाएअनुसार खाडी क्षेत्रको संयुक्त अरब इमिरेट्सतर्फ २ लाख ५० हजार लिटर डिजल इन्धन तस्करी गरिरहेको अवस्थामा ग्रेटर टुन्ब टापु क्षेत्रबाट पानी जहाज नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको पानी जहाजका कर्मचारीलाई हर्मोजगान प्रान्तका अधिकारीको जिम्मा लगाइएको बताइएको छ । नियन्त्रणमा लिइएको पानीजहाजका कर्मचारीको राष्ट्रियता भने खुलाइएको छैन । साउदी अरबको तेल प्रशोधन क्षेत्रमा आक्रमण भएसँग मध्यपूर्वमा तनाव चुलिरहेका बेला इरानले इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको हो । गत जुलाइमा इरानले बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);