युरोपिएन लिग : उत्कृष्ट क्लब पराजित हुँदा कमजोर टिमहरु शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

युरोपिएन लिग : उत्कृष्ट क्लब पराजित हुँदा कमजोर टिमहरु शीर्ष स्थानमा

एजेन्सी, १६ भदौ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत चौथो हप्ताका खेलहरु सकिँदा सतप्रतिशत जित निकाल्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

साविक विजेता म्यानचेष्टर सिटि भने सुरुवातका ४ खेलमा सतप्रतिशत जित हात पार्न नसक्दा ३ जित र १ बराबरीका साथ लिगको दोस्रो स्थानमा खुम्चिएको छ । लिगको तेस्रो स्थानमा २ जित र २ बराबरीका साथ लेस्टर सिटि रहेको छ भने २ जित १ हार र १ बराबरीका साथ क्रिस्टल प्यालेस चौथो स्थानमा रहेको छ ।

प्रिमियर लिगका उत्कृष्ट मानिने अन्य टिमहरुमा आर्सेनल पाँचौ, म्यानचेस्टर युनाइटेड आठौँ र चेल्सी एघारौँ स्थानमा रहेको छ । त्यस्तै स्पेनिस ला लिगामा ३ खेलमा ३ जित निकाल्दै ९ अंकसहित एट्लेटिको म्याड्रिडले शीर्ष स्थान कब्जा गरेको छ ।

स्पेनका महारथी मानिने रीयल म्याड्रिड र गत सिजनको विजेता बार्सिलोनाको सुरुवात केहि सुस्त देखिएको छ । पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको रियल दोस्रो र तेस्रो खेलमा फितलो प्रदर्शन गर्दै अंक बाँड्न बाध्य भयो ।

३ खेलबाट ५ अंक जोडेको रियल लिगको पाँचौ स्थानमा रहेको छ । फुटबल क्लब बार्सिलोनाले भने सुरुवातकै खेलमा हार बेहोरेको थियो । त्यसपछि दोस्रो खेलमा जित र तेस्रो खेलमा बराबरी बेहोरेको बार्सिलोना ४ अंक सहित आठौँ स्थानमा रहेको छ ।

त्यस्तै जर्मन बुन्डेस लिगामा साबिक विजेता वार्यन म्युनिकले बराबरी बाट सिजन सुरु गर्यो । ३ खेलमा सतप्रतिशत जित निकाल्दै आर बि लेपजिग शिर्ष स्थानमा रहेको छ भने २ जित र १ बराबरिका साथ वार्यन म्युनिक दोस्रो स्थानमा छ ।

२ जित र १ हार बेहोरेको बोरुसिया डर्टमण्ड ६ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ । त्यस्तै इटालियन सिरी ए अन्तर्गत दुबै खेलमा जित निकाल्दै इन्टर मिलान शिर्ष स्थानमा रहेको छ ।

दुबै खेलमा जित हात पारेता पनि गोल अन्तरको आधारमा युभेन्टस दोस्रो र टोरीनो तेस्रो स्थानमा रहेको छ ।फ्रेन्च लिग वानमा ४ खेलमा ३ जित र १ हार बेहोरेको पेरीस सेन्ट जर्मन ९ अंक सहित शिर्ष स्थानमा रहेको छ ।

समान ४ खेल बाट नै ९ अंक जोडेको रेनेस गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा ओ जि सी नाईस रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);