विवाहको बहानामा चीनमा मानव तस्करी, ६ नेपाली र ४ चिनियाँ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

विवाहको बहानामा चीनमा मानव तस्करी, ६ नेपाली र ४ चिनियाँ पक्राउ

dulahi banayera bechidai

काठमाडौं, १४ भदौ । नेपाली युवतीहरुलाई विवाहको बहानामा चीनमा मानव तस्करी हुने गरेको रहस्य खुलेको छ । मानव बेचबिखन नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ६ नेपाली र ४ चिनियाँ नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु २ की रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटको ककनी गाउँपालिका–४ घर भई टोखा बस्ने रोज तामाङ,लमजुङको बेँसीसहर–३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, बेँसीसहरकै भरत तामाङ र लमजुङकै उषाकुमारी घिमिरे रहेकाछन् ।

त्यसैगरी पक्राउ परेका चिनियाँ नागरिकमा जेङ छिङ डाङ, झाङ डोङ हुइ, क्वानहाङ पिङ र क्विन लियाङ रहेकाछन् । पक्राउ परेकी रिनाले नेपाली दलाल र भाषा अनुवादको भूमिका निभाएको मानव बेचविखन ब्युरोले जनाएको छ । त्यस्तै रोज तामाङ रिना तामाङलाई कागजपत्र बनाउन तथा अन्य काममा सहयोगी गर्ने व्यक्ति भएको पाइएको छ ।

पार्वती गुरुङले भने गाउँबाट काठमाडौं ल्याइएका युवतीहरुलाई राख्ने तथा एजैन्टसँग भेट गर्ने व्यवस्था मिलाउने गर्थिन्। यस्तै अमृताले गाउँबाट युवतीहरुलाई फकाएर काठमाडौंसम्म ल्याउने काम गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);