काठमाडौँ उपत्यकामा डेंगी फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ? | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

काठमाडौँ उपत्यकामा डेंगी फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

dengu

काठमाडौं, ६ भदौ । साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको  डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ ।

अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी संक्रमण हुन्छ । यो लामखुट्टे कालो र सेतो मिसिएको छिर्केमिर्के हुन्छ । डेंगी भाइरस संक्रमित भएका लामखुट्टेले टोकेको अवस्थामा मानिसलाई पनि यो संक्रमण हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);