हङकङका नागरिकद्वारा मंगलवार पनि विमानस्थलमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

हङकङका नागरिकद्वारा मंगलवार पनि विमानस्थलमा प्रदर्शन

एजेन्सी, २८ साउन । सुपुर्दगी बिधेयक खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका हङकङका नागरिकले मंगलवार पनि विमान स्थलमा प्रदर्शन गरेका छन् ।

हङकङका नागरिकलाई मुख्यभुमी चीन फर्काउने गरी ल्याइएको बिधेयक खारेज गर्नुपर्ने माग राख्दै बिगत १० हप्तादेखि हङकङका नागरिक प्रदर्शनमा उत्रिएका हुन् । आफ्ना मागमा अन्तराष्ट्रिय समर्थन जुटाउन प्रदर्शनकारीले सोमवार हङकङको विमान स्थलभित्रै प्रदर्शन गरेका थिए ।

त्यसलाई निरन्तरता दिदै मंगलवार पनि उनीहरुले बिमान स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सबै विमानका उडान प्रभाबित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले

यसैबीच हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शनकारीलाई सहरलाई ‘पातालतर्फ नधकेल्न’ चेतावनी दिएकी छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदर्शनका कारण हङकङ ‘खतरनाक अवस्थामा’ पुगेको भन्दै प्रदर्शनका क्रममा भएका हिंसाले सहरलाई पातालतर्फ धकेलेको बताएकी हुन् ।

सुरुमा विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै भएको प्रदर्शनले अहिले सरकारविरोधी प्रदर्शनको रुप लिएको छ । सरकारले विधेयक स्थगित गरेपनि उनीहरुले यसको खारेजीको माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);