ट्रम्प प्रशासन आप्रबासीमाथि थप कठोर बन्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

ट्रम्प प्रशासन आप्रबासीमाथि थप कठोर बन्दै

trump-2

एजेन्सी, २८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन आप्रबासीमाथि थप कठोर बन्ने भएको छ ।

अवैध आप्रबासीप्रति कठोर देखिएको ट्रम्प प्रशासन अब वैध आप्रबासीप्रति पनि कठोर बन्ने तयारी गरेको छ । वैध तर गरिब आप्रबासीहरुका लागि उनीहरुको भिसा अवधि बढाउन या स्थायी बसोबास स्वीकृति (ग्रिन कार्ड) पाउने प्रक्रिया कठोर बनाउने तयारी भएको हो ।

नयाँ नियमले सरकारी अनुदानमा भर परेका आप्रबासीलाई अब भिसा अवधि बढाउन या ग्रिन कार्ड लिनका लागि कठिन हुनेछ । खाद्यान्न तथा सार्वजनिक बसोबासका लाग एक वर्ष भन्दा बढी समय सरकारी राहत लिनेहरुको भिसा अवधि नबढाउने या ग्रिन कार्ड प्रदान नगर्ने व्यवस्था नयाँ नियममा लागु हुनेछ । भविष्यमा पनि सरकारी राहतमै भर पर्ने देखिएमा यस्ता आप्रबासीले भिसा अवधि बढाउन या ग्रिन कार्डका लागि दिएको निवेदन अस्वीकार गर्ने अधिकार सरकारसँग रहने व्यवस्था गर्न लागिएको हो । नयाँ नियमले आत्मनिभरताको अवधारणलाई बढावा दिने सरकारी अधिकारीले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);