दूधको मूल्य भदौदेखि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

दूधको मूल्य भदौदेखि बढ्दै

ddc milk

काठमाडौं, २७ साउन । दूधको  मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।

दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।

‘उपभोग्य वस्तु लगायत पशु आहारा ढुटो, दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामोसमयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ,’ संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने,‘मूल्य बढाउनुनको विकल्पै छैन, साउनभित्रै नगरे हामी आन्दोलनमा होमिनेछौं । उनले कृषिमन्त्री र मन्त्रालय सकारात्मक रहेको भन्दौ मूल्यवृद्धि हुनेमा आफूहरु विश्वस्त रहेको बताए । यो समाचार कारोबार दैनिकमा किरण आचार्यले लेखेका छन्  ।

ताजा समाचार