चीन सरकारद्वारा हङकङको हवाई सेवा प्रदायक कम्पनीका कर्मचारीलाई वर्खास्त गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

चीन सरकारद्वारा हङकङको हवाई सेवा प्रदायक कम्पनीका कर्मचारीलाई वर्खास्त गर्न निर्देशन

xi_jinping

एजेन्सी, २५ साउन । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकका कर्मचारी शहरमा जारी प्रदर्शनको समर्थन गरेपछि चीन सरकारले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको छ ।

केही दिन अघि क्याथी प्यासिफिकमा काम गर्ने ‘फ्लाइट एटेडेन्ट’ हरुको ट्रेड युनियनले हङकङमा जारी प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो । त्यसपछि चीनले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको हो ।

चीनले निर्देशन दिएसँगै चिनियाँ सामाजिक सञ्जालमा क्याथी प्यासिफिक बहिष्कार गर्नसमेत अभियान चलिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनको निर्देशन र चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताको अभियानका कारण क्याथी प्यासिफिकका सञ्चालकहरु भने ती कर्मचारीलाई बर्खास्त गर्न दबाबमा रहेको बताइएको छ ।

दुई महिनाअघि हङकङमा ल्याइएको विवादास्पद सुपुर्दगी विधेयकका कारण हङकङमा शुरु भएको प्रदर्शनले उग्र रुप लिइरहेका बेला क्याथी प्यासिफिकको ट्रेड युनियनले प्रदर्शनकारीप्रति ऐक्यबद्धता जनाउन विज्ञप्ति निकालेको थियो । प्रदर्शनकारीले हाल त्यहाँ अधिक स्वायत्तता र लोकतन्त्रको माग सहित प्रदर्शन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);